TodayPati

आपसी विवादमा कुटाकुट हुँदा सप्तरीमा दुई जना गम्भीर घाइते

शुभ नारायण यादव

सप्तरी , बेशाख ६ गते ।

सप्तरीको महदेवा गाउपालिका वडा न.४ डाढामा अापसि बिवादमा दुई पक्षबिच झगडा हुदा एक महिला सहित दुई जना गम्भीर घाइते भएका छन् ।

Sponsored

पुरानाे घरायसि बिवादका कारणले दुई पक्षबिच झे झगडा हुदा स्थानीय ५० बर्षिय दिगम्बर साह र साेहि ठाउकि ४० बर्षिया पार्वती देवि खङ्ग गम्भीर घाइते भएका हुन् । बाख्राले दिशा गरेकाे निहुमा साेहि ठाउका बिदेशि खङ्ग , डाेमि खङ्ग , उपेन्द्र खङ्ग , राम खङ्ग लगायतका ब्यक्तिहरुले मरनासन्न हुने गरि कुटपिट गरेकाे पिडितले बताएका छन्।

कुटपिटबाट गम्भीर घाइते दुबै जनाकाे हाल राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुटपिटबाट महिलाको ठाउकाे तथा शरिरकाे सम्बेदनशिल अङ्गहरुमा गम्भीर चाेट लागेको पिडितले बताएका छन् ।

यता कुटपिटबाट अाफ्ना छाेरालाइ समेत चाेट लागेकाे पिडित महिलाले बताइन् । पुरानाे रिसिभिले गर्दा मरनासन्न हुने गरि कुटपिट गर्नुका साथे अाफ्नाे अटाे रिक्सा समेत ताेडफाेड गरेकाे पिडित दिगम्बर साहकाे भनाइ छ। यसेबिच अाराेपितहरुले अाफुहरुलाइ पनि कुटपिट गरेकाे दाबि गरेका छन । यता साे घटनाको सम्बन्धमा थप अावश्यक बुझ्ने कार्य भइरहेकाे सप्तरी प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *