शहरी क्षेत्रको विद्यालय बन्द गर्ने सरकारको निर्णय
टुडेपाटी-
काठमाडौं, वैशाख ६ गते ।
सरकारले सहरी क्षेत्र र कोरोना संक्रमण बढेका जिल्लाका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।
कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार सहरी क्षेत्रका स्कुल, कलेज, फिल्म हललागयत भीडभाड हुने स्थान वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।
जिल्लास्थित डिसीसीएमसीको सिफारिसबमोजिम विद्यालय बन्द गरिनेछ। तर पठनपाठन र परीक्षा वैकल्पिक माध्यमबाट जारी राखिने सरकारले जनाएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै प्रदेश २ का पर्सा, बारासहितत काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।
Sponsored