TodayPati

जानकी मेडिकल कलेजमा विद्यार्थीले लगाए ताला, कर्मचारीले पनि दिए एक हप्ते अल्टिमेटम

टुडेपाटी-

जनकपुरधाम, वैशाख ५ गते ।

जानकी मेडिकल कलेजले माग पुरा नगरेको भन्दै विगत ९१ दिनदेखि रिले अनशनमा बसेका कर्मचारीले कलेजमा तालाबन्दीको चेतावनी दिएका छन् ।

Sponsored

कर्मचारी हकहित सघर्ष समितीले आइतवार कलेजलाई एक साताभित्र माग पुरा गर्न ध्यानाकर्ष गराउँदै यस्तो चेतावनी दिएका हुन् ।

२८ दिने आमरण अनशन पश्चात कर्मचारीको आधिकारीक ट्रेड युनियनको समन्वयमा विगतमा कलेज प्रशासन र आन्दोलनरत कर्मचारीबीच भएको सहमती कार्यन्वयनको माग गर्दै उनीहरुले कलेजको प्रशासन कक्ष, लेखा शाखा र मानव संशाधन कक्षमा तालबन्दी गर्ने चेतावनी दिएका हुन् ।

त्यसैगरि एमबिबिएस चौथो वर्षका विद्यार्थीले कमयुनिटी फिल्ड भिजिट बापतको भत्ता माग गर्दै कलेजमा तालबन्दी गरेका थिए ।

Sponsored

तर एक घण्टापछि कलेज प्रशासनसँग वार्ता पश्चात उनीहरुले ताला खोलेका थिए ।

तर पछि फेरि उनीहरुबीच भएको सहमती भंग भएको जनाउँदै आफुहरु तालबन्दी गरेको एक विद्यार्थीले जानकारी दिए ।

प्रशासन शाखा र लेखा शाखमा उनीहरुले ताल्चा लगाएका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *