TodayPati

सिरहामा बोक्सी भन्दै काकीलाई कुटपिट गरी मलमूत्र खुवाउने युवक प्रहरीको फन्दामा

टुडेपाटी-
सिरहा, वैशाख ५ गते ।

सिरहामा बोक्सीको आरोपमा महिलालाई कुटपिट गरी यातना दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको औरही गाउँपालिका–५ की ५० वर्षीया हिरादेवी साहलाई बोक्सीको आरोपमा कुटपिट गरी जबर्जस्ती मलमूत्र कोच्याएको आरोपमा २९ वर्षीय घुरन साहलाई पक्राउ गरेको हो ।

Sponsored

बोक्सी भन्दै कुटपीट गरेको आरोपमा पीडितकै भतिजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सुदिप राजभण्डारीले जानकारी दिए । घटनाको विषयमा उजुरी नआएका कारण पीडित महिलालाई जिल्लामा ल्याउने प्रयास भइरहेको एसपी राजभण्डारीले बताए ।

पीडित हिरादेवीले गाईलाई टुना गरेर मारेको आरोपमा जेठाजुका छोरा र बुहारीले कुटपिट गर्दै मानव मलमूत्र खुवाएका आरोप लगाएकी छन् ।

भतिज घुरनले कुटपिट गर्दै भुइँमा लडाएपछि बुहारीहरू कौशिला, निशा र कविताले जबर्जस्ती मानव मलमूत्र मुखमा कोचेको उनले बताइन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *