लहानमा डाँका समुहले यसकारण गरे सुनचाँदी व्यवसायीको हत्या
टुडेपाटी-
सिरहा, चैत ३० गते ।
सिरहाको लहान नगरपालिका–२३ स्थित सुनचाँदी व्यवसायी प्रदिप विश्वकर्मालाई हत्या गरेको कारण खुलेको छ । लुटेरालाई उनले चिनेको कारण हत्या गरेको खुलेको हो ।
ढोका फोरेर घरभित्र छिरेका लुटेराले लुटपाटपछि हिँड्न लाग्दा अमृताका श्रीमानको हत्या गरेका थिए।
ढोका फोरेर लुटपाट गरेको ७÷८ जनाको समूहले पछि उनीहरुकै भाषामा ‘यसले त हामीलाई चिन्यो, अब गाह्रो हुन्छ, सिध्याइदिउँ’ भनेर हत्या गरेको अमृताले बताएकी छन्।
त्यसअघि उनीहरुले ढोका खोल्न लगाएका थिए। तर विश्वकर्मा दम्पत्तिले ढोका नखोलेपछि फोरेर भित्र पसेका थिए।
सुरुमा खुकुरी प्रहार गरेका उनीहरुले पछि पेस्तोलमा राइफलको गोलि लगाएर हानेका थिए। उनीहरुले अमृताले कानमा लगाएका गहना लगेको लहानका डीएसपी तपनकुमार दाहालले बताए।
Sponsored
घटनालगत्तै पुगेको प्रहरी टोलीले घटना गरेर भाग्दै गरेको अवस्थामा लहान नगरपालिका–७ निवासी रामकृष्ण चौधरी र सुरेशकुमार सहनीलाई पक्राउ गरेको छ।
रामकृष्णको साथबाट छिनोसमेत बरामद भएको छ। उनको संलग्नता पुष्टि भएपनि सहनी बारे अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए।