सप्तरीमा सडक दुर्घटनामा एकजनाको मृत्यु, चालक भगाउन लाखौं रकमकाे चलखेल
शुभ नारायण यादव-
सप्तरी, चैत २७ गते ।
सप्तरीको शम्भुनाथ नगरपालिका–६ मा सडक दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत स.८प ७३३० र स.६प ५२४३ नम्वरको मोटरसाइकल एकआसपमा ठोक्किएर दुर्घटना भई एकजनाकाे मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।
दुर्घटनामा स.६ प ५२४३ नम्वरको मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका-९ सर्पाका ३५ वर्षीय मो.अनवर अलिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अलीको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एव प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका मोटरसाइलक चालक अर्कै व्यक्ति रहेको दावी स्थानीयबासिहरुले गरेका छन् ।
ठक्कर दिने सक्कली चालकलाई उम्काउनको लागि नक्कली चाकललाई ईलाका प्रहरी कार्यालय कल्याणपुरमा हाजिर गराइएको स्थानीयकाे भनाइ छ । चालक हेरफेर गर्न १ लाख ५० हजार रुपैयाँको चलखेल भएको स्रोतले जनाएको छ ।
दुर्घटनामा मृतकका बच्चाहरु पनि घाइते भएर आइसीयूमा उपचार चलिरहेको छ । उक्त घटनाका बारे ‘अन्य घाइतेहरु भए हामी रिपोर्ट पठाउँछौं । तर रकम लेनदेनको कुरा छैन् ।’ सप्तरीका डीएसपी काफ्लेले भने ।
त्यसो भएको छ भने घटनामा संलग्नलाई कारवाही गर्ने उनले बताए ।
Sponsored
मृतक युवककाे शव हाल पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।