नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्षमा मनिका झा निर्वाचित
टुडेपाटी-
जनकपुरधाम, चैत २६ गते ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्षमा मनिका झा निर्वाचित भएकी छन् । २६ औँ अधिवेशनमा सबैभन्दा बढि मत ल्याउँदै झा निर्वाचित भएकी हुन् । उनले अरु पाँच प्रत्यासीलाई पराजित गरेकी हुन् ।
त्यस्तै उपाध्यक्षमा अवधेश कामत विजयी भएका छन्न् । महिला उपाध्यक्षमा नेहा झा निर्वाचित भएकी छन् ।
सचिवमा बटुकनाथ झा, सह–सचिवमा निरञ्जन साह, सह–सचिव समावेशीमा गोविन्द महतो र कोषाध्यक्षमा रामकमल महतो निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न निर्वाचनमा धनुषा शाखामा कुल १ सय ७४ मतदाता रहेकोमा १ सय ६२ जनाले मतदान गरेका थिए ।
त्यस्तै महासंघको प्रदेश २ अध्यक्षमा राजेश कर्ण निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा ज्योति झा निर्वाचित भएकी हुन् ।
Sponsored