TodayPati

भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गर्ने १० जना पर्साबाट पक्राउ

टुडेपाटी-
वीरगञ्ज, चैत २५ गते ।

पर्साबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा तीनजना भारतीयसहित १० जना पक्राउ परेका छन् ।

पर्साको ग्रामीण क्षेत्रका पेट्रोल पम्पबाट खरिद गरेर भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा उनीहरूलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

Sponsored

पेट्रोलियम पदार्थ तस्करीमा स‌ंलग्न रहेका भारत विहार मोतीहारी पूर्वी चम्पारण भेलाहीका मनोज गुप्ता, ईदरिश मिया र प्रिन्स साह छन् ।

त्यस्तै पेट्रोलियम पदार्थ तस्करी गर्ने क्रममा प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका–२ का सागिर आलम, रामानन्द राम, रविकुमार साह, मुनी साह तेली, जालिम गद्दी, राजकुमार कुर्मी र आश महम्द राउत गद्दीलाई पनि पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले तस्करीमा प्रयोग गरिएका साइकलसहित पेट्रोलियम पदार्थसमेत नियन्त्रणमा लिएको छ ।

Sponsored

पेट्रोलियम पदार्थ भारततर्फ तस्करीमा संलग्न रहेका धोबिनी गाउँपालिका–५ लंगडीको इस्लाम आयल स्टोर, जगरनाथपुर गाउँपालिका–२ स्थित विशमिल्लाह आयल स्टोर र वीरगञ्ज महानगरपालिका–१९ बर्वास्थित तिवारी आयल स्टोरलाई कारबाहीका लागि नेपाल आयल निगमको २ नम्बर प्रादेशिक कार्यालय अमलेखगञ्जमा पठाइने पर्साका प्रहरी उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।

पक्राउ परेकाहरूलाई भने कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *