सिम्रौनगढको रामजानकी मन्दिरमा २४० वर्ष पुरानो कलात्मक इँटा भेटियो
टुडेपाटी-
बारा, चैत २२ गते ।
पुरातत्त्व विभाग काठमाडौंले प्रदेश- २ को प्रसिद्ध तथा ऐतिहासिकस्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीणोद्वार गर्दा करीब २४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ ।
सिम्रौनगढ नगरपालिका– २, अमृतगञ्जस्थित सो मन्दिरको जीर्णोद्धार गर्ने क्रममा उक्त कलात्मक इँटा फेला परेको हो । सो इँटा वि.सं. १८३५ र १९३५ को हुन सक्ने बताइएको छ । फेला परेको उक्त इँटामा वि.सं. उल्लेख गरिएको नगरपालिकाका सदस्य परमानन्द मुखियाले जानकारी दिए ।
उक्त इँटा फेला परेपछि त्यहाँ १९३५ भन्दा पहिलेदेखि नै मन्दिर रहेको अनुमान गरिएको छ । सो ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको रुपमा रहेको सिम्रौनगढका उचित संरक्षण हुन सकेको छैन । रासस
Sponsored