सप्तरीमा एक १६ महिने बालिकाको बाल्टिनमा डुबेर मृत्यु
शुभ नारायण यादव-
सप्तरी, चैत २० गते ।
सप्तरीमा बाल्टिनमा भरेको पानीमा डुबेर एक १६ महिने बालिकाको मृत्यु भएको छ ।
बोदे बर्साईन नगरपालिका वडा नम्बर- ३ मधुवन बस्ने देविन यादवको १६ महिने छोरी अस्मिताकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कपडा धुनको लागि ठूलो खालको बाल्टीनमा पानी भरेरे राखेको खेल्ने क्रममा बच्चा उल्टो परेर बाल्टीनमा खसेपछि निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र पासमानले जनाए ।
मृतक नाबालिकाकाे शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
Sponsored