TodayPati

पोखराबाट होली मनाउन घर फर्किएका सप्तरीका युवकमा कोरोना संक्रमण

शुभ नारायण यादव-
सप्तरी, चैत १९ गते ।

पछिल्लो लामो समयपछि सप्तरीमा पुनः एकजना युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सप्तरीको राजविराज नगरपालिका २ का अन्दाजी २१ वर्षीय एक युवकमा संक्रमण पुष्टि भएको हो । योसँगै सप्तरीमा कोरोनाको संत्रास फेरि सुरु भएको छ ।

Sponsored

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवका अनुसार सप्तरीको राजविराज नगरपालिका–२ का २१ वर्षीय युवकमा संक्रमण देखिएको बताए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दुईजनाको स्वाब परीक्षण गरिएकोमा युवकमा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

युवक अहिले होम आइसोलेसनमा रहेको छ । संक्रमित युवक पोखरामा पढ्दै छन् । उनी केहीदिन अगाडि मात्र पोखराबाट होली मनाउन घर आएको थियो । उनलाई पोखरामै कोरोना संक्रमण भएको हुनसक्ने परिवारजनको अनुमान छ ।

Sponsored

कोरोना संक्रमण मुक्त सप्तरीमा यससँगै फेरि संक्रमित हुन थालेको छ । कोरोनाको दोस्रो लहरमा कोरोना संक्रमित हुने उनी जिल्लाका पहिलो संक्रमित व्यक्ति हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *