सिरहाबाट थप परीक्षणका लागि जनकपुर ल्याइएका ९ जनामा भेटिएन कोरोना भाइरस
किरण कर्ण-
जनकपुरधाम, चैत ४ गते ।
कोरोनाभाइरस संक्रमणको आशंकामा सिरहाबाट जनकपुर स्थित प्रादेशिक अस्पताल पठाइएका ९ जनालाई सामान्य उपचारपछि घर फर्काइएको छ ।
सोमबार बेलुका सिरहा नगरपालिका वडा नम्बर १० नरहैयाका ९ जना बिरामीमा कोरोना संक्रमणको भएको आशंकामा थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो ।
केही दिनअघि रोजगारीको शिलशिलामा भारतको पंजाबबाट फर्केका उनीहरुमा रुघा खोकी र भाईरल ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंका गरिएको थियो । उनीहरु सिरहाबाट धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचार गरिएको थियो भने गम्भिर रोगको उपचार त्यहाँ सम्भव नभएपछि प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएको जानकी मेडिकल कलेजले जानकारी दिएको छ ।
बिरामी भएका ९ जनामा देखिएको ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि थप उपचारका लागि जनकपुर पठाएको जानकी मेडिकल कलेजका डा.रामउदगार यादवले जानकारी दिए ।
Sponsored
यता प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारसहित परिक्षण गर्दा सामान्य रुघा खोकी र ज्वरो लागेको हुनाले सामान्य उपचार गरी औषधीहरु नियमतरुपमा सेवन गर्नका लागि भनेर घर फर्काइएको प्रादेशिक स्वास्थ्य विभागका निर्देशक डा.विजयकुमार झाले जानकारी दिए ।
उनका अनुसार हामीले थाहा पाए लगत्तै यस प्रति हामी सचेत भई उपचार तर्फ ध्यान दियौँ, तर पछि सामान्य रुघा खोकी र ज्वरो रहेकोले चिकित्सकको सल्लाह अनुसार औषधी सेवनका लागि भनेर घर फर्काइएको स्पष्ट पारे ।
उनीहरुमा लागातार ज्वरो र रुघाखोकी देखिएपछि गाउँमा आशंका उत्पन्न भएको थियो । केहीवेरमै गाउँभरी हल्ला फैलिएपछि स्वास्थ्यकर्मीसहित वडाअध्यक्ष गाउँमा पुगेर सबैैलाई भेला पारी थप परीक्षणको लागि जनकपुर पठाइएको थियो ।
Yestai Nepal Ko sab ward ko Incharge lai Yestai aaphno aaphno ward ma survey garnu parne order dinu par6 Nepal government le…….. Taba Samma Jaba Samma corona totally end Na vai halos survey continue rakhos