प्रदेश २ को नाम टुंगो लगाउन मतदान सुरु : नेकपाको ‘जानकी प्रदेश’ मा भोटिङ हुँदै
टुडेपाटी-
जनकपुरधाम, चैत ४ गते ।
प्रदेश २ को नामकरण र राजधानी टुंग्याउनका लागि छलफल सुरु भएको छ। पहिले नामको टुंगो लगाउन मतादन सुरु भएको हो । नामको विषयमा सत्तारूढ समाजवादी पार्टी र राजपा नेपालले मधेश प्रदेश, नेकपाले जानकी प्रदेश, नेपाली कांग्रेसले मिथिला भोजपुर प्रदेश र केही सांसदले मध्य मधेश नाम प्रस्ताव गरेका छन् ।
प्रस्तावित चार नाम मध्ये पहिले नेकपाको प्रस्तावित नाम जानकी प्रदेशमा मतदान भइरहेको छ । यसमा दुईतिहाई बहुमत नपुगे क्रमशः अन्य प्रस्तावित नाममा मतदान हुनेछ ।
प्रदेश २ सभामा जम्मा १ सय ७ प्रदेश सांसद छन् । नामको टुंगोपछि अाजै स्थायी राजधानीको टुंगो लगाउन पनि मतदान हुनेछ ।