सर्लाहीमा एक युवकको टाउको काटेर हत्या गर्ने २ जना प्रहरीको फन्दामा
टुडेपाटी-
सर्लाही, चैत १३ गते ।
सर्लाहीमा एक युवकको विभत्स ढंगले हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सदरमुकाम मलंगवा नगरपालिका १० का ३० वर्षीय सुशिल रायको हत्या आरोपमा प्रहरीले मलंगवाका ४५ वर्षीय विमलकान्त पाठक भनिने कमल पण्डित र भारतीय नागरिक ४० वर्षीय अशोक झालाई पक्राउ गरेको हो ।
बुधवार रातिदेखि बेपत्ता राय बिहीवार बिहान स्थानीय धान खेतमा मृत फेला परेका थिए । टाउको काटेर हत्या गरिएको अवस्थामा मलंगवा नगरपालिका–९ स्थित खेतमा उनको शव फेला परेको थियो । रायको शरीर र टाउको बेग्लाबेग्लै स्थानमा फेला परेको थियो । शरीर भेटिएको ठाउँ भन्दा करिव ६० मिटर पूर्व टाउको भेटिएको थियो ।
मृतक र आरोपी दुबै लागू औषध प्रयोगकर्ता भएको सर्लाहीका प्रहरी प्रमुख ९एसपी० सन्तोषसिंह राठौरले बताए । बुधवार साँझ समेत उनीहरुले सँगै बसेर लागूऔषध सेवन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार कमल र मृतकबीच आर्थिक लेनदेन थियो । साथै रायले आफ्ना छोरीहरुलाई गलत नजरसमेत लगाएकाले हत्या गरेको बयान कमलले प्रहरीलाई दिएका छन् ।
Sponsored
मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टमपछि आफन्तका जिम्मा लगाएको प्रहरीले जनाएको छ ।