सप्तरीमा सशस्त्र प्रहरीले गरे अवैध कपडा बरामद
शुभ नारायण यादव-
सप्तरी, चैत १३ गते ।
सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ६ फुलकाहीबाट सशस्त्र प्रहरीले अवैध कपडा बरामद गरेको छ । सशस्त्र बेश क्याम्प बोदे बर्साईनको प्रमुख प्रहरी निरीक्षक उत्सव बिष्टको कमान्डमा खटिएको प्रहरीले उक्त कपडा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बोदे बर्साईनबाट खटिएको टोलीले चेक जांच गर्ने क्रममा भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा उक्त कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको समानहरुमा जेन्स सेन्डो ४०० पिस, लगभग ४८ हजार मुल्य बराबरको सामान रहेको छ ।
उक्त समान आवश्यक कारबाहीका लागी राजविराज भन्सार कार्यालय तिलाठी पठाइएको सशस्त्र बेश क्याम्प बोदे बर्साईनको प्रमुख प्रहरी निरीक्षक उत्सव बिष्टले जानकारी दिए । उनका अनुसार अवैध कपडाको ४८ हजारको रहेको थियो ।
Sponsored