TodayPati

अफगानिस्तानी सेनाले विद्रोही समुहमाथि गोली र बम बर्षाए, २७ जना लडाकु मारिए, १८ घाइते

एजेन्सी-

जनकपुरधाम, चैत १३ गते ।

अफगानिस्तानमा विद्रोही लडाकु र सेनाबीच भएको मुठभेडमा २७ जना विद्रोही लडाकु मारिएका छन् ।

Sponsored

अफगानी सेनाले बम र गोली वर्षाउँदै विद्रोही समुहमाथि कार्वाही गरेको हो ।

जाबुल प्रान्तमा भएको सरकारी सुरक्षा कारबाहीमा परी पछिल्लो २४ घण्टामा सेनाको कारबाहीमा २७ लडाकुको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

सेनाले बिहीबार जारी गरेको वक्तव्यका अनुसार सुरक्षा कारबाहीका क्रममा अरु १८ लडाकू घाइते पनि भएका छन्।

Sponsored

लडाकुहरूले प्रयोग गर्ने गरेको मोटरसाइकल, विस्फोटक पदार्थ तथा अन्य हतियारहरू समेत सुरक्षाकर्मीले नष्ट पारिदिएका छन्।

सुरक्षा कारबाहीका क्रममा सरकारी सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने सेनाको वक्तव्यमा खुलाइएको छैन।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *