TodayPati

सप्तरीमा बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ


शुभ नारायण यादव

राजविराज, चैत १३ गते ।

सप्तरीमा एक बालिकालाई बलात्कार गरेकाे अाराेपमा एक अाराेपितलाइ १३ बर्षपछि पक्राउ गरेकाे छ ।

Sponsored

वालिकालाई बलात्कार गरेको मुद्दामा दोषी ठहर भएर फरार रहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न. ३ का ३५ वर्षीय सेभु भनिने श्याम मुखियालाई पक्राउ गरिएको हाे ।

प्रहरी चौकी बरसाईनबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मुखियाले २०६४ असोज ९ गते साविक को.बरसाईन गाविस–४ की एक १० वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए । २०७५ असार ५ गते सप्तरी जिल्ला अदालतले उनलाई दोषी ठहर गरी १३ वर्ष कैद फैसला गरेको थियो ।

Sponsored

यता खोज तलाश गर्ने क्रममा पक्राउ गरिएको मुखियालाई अाजे अदालतमा उपस्थित गराएर कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *