TodayPati

अनुसन्धान विभागमा सय जनाभन्दा बढीकालागि जागिर खुल्यो, एसएलसी पास गरेकालाई पनि अवसर

टुडेपाटी-

जनकपुरधाम, चैत १३ गते ।

राष्ट्रिय अनुसन्धान विभागले एक सय जनाभन्दा बढी कर्मचारी माग गरेको छ।

Sponsored

शुक्रबार सूचना निकालेर विभागले अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदमा जागिर खुलाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत रहेको विभागले अनुसन्धान अधिकृत २१ जना माग भएको छ। त्यसैगरी अनुसन्धान सहायक ३२ जना र सहायक सूचक ५१ जना माग भएको हो।

अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ।

Sponsored

साथै अनुसन्धान सहायक हुन कम्तिमा प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने आजको गोरखापत्रमा जारी सूचनामा उल्लेख छ।

सहायक सूचक पदमा भने एसएलसी वा एसईई पास गरेको हुनुपर्छ।

१८ वर्ष पूरा भई २५ वर्ष ननाघेकोले यस पदमा दरखास्त दिन सक्नेछन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “अनुसन्धान विभागमा सय जनाभन्दा बढीकालागि जागिर खुल्यो, एसएलसी पास गरेकालाई पनि अवसर

  • March 26, 2021 at 3:27 pm
    Permalink

    Yes I passed +2 how I can get the job and which documents are need. Can you tell me.

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *