TodayPati

सप्तरीमा ट्रकको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु, अर्का एक घाइते

टुडेपाटी-
सप्तरी, चैत ११ गते ।

सप्तरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ मा मोटरसाइकललाई दिएको ठक्करबाट पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को।३३प ७७१६ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ९३३९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करले मोटरसाइकलमा सवार कञ्‍चनरुप नगरपालिका वडा नम्बर ५ निवासी २० वर्षीय देवकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Sponsored

सोही मोटरसाइकलमा सबार कञ्‍चनरुप ५ कै १९ वर्षीय प्रदीप मुखिया घाइते भएका छन् । घाइतेको स्थानीयस्तरमा उपचार भइरहेको उनले बताए ।

मृतकको शवलाई पोष्टमार्टम गराई ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *