बंगलादेशमा भयानक आगलागी : १५ जनाको शव भेट्यो, ४ सय जना बेपत्ता, ५० हजार विस्थापित
एजेन्सी-
जनकपुरधाम, चैत ११ गते ।
बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा भएको आगलागीमा बेपत्ता भएका ४ सय जनाको खोजी कार्य तीब्र पारिएको छ ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी युएनएचसीआरका अनुसार आगलागीमा हालसम्म १५ जनाको मृत्यु भएको र ४ सय जना अझै हराइरहेका छन् ।
आगलगीका कारण ५० हजार घरपरिवार बिस्थापित भएका छन् । बंगलादेशको काक्समा रोहिंग्या शरणार्थीका लागि सन् २०१७ मा निर्माण गरिएको शिविर आगलागीका कारण ध्वस्त भएको छ ।
आगलागीमा एक हजार घर जलेर नष्ट भएको छ । ११ लाख रोहिग्यां रहेको यो शिविरमा आगलागी भएपछि भागदौड मच्चिएको थियो ।
Sponsored
म्यानमारमा भड्केको हिंसासँगै लाखौंको संख्यामा रोहिग्यांहरु बंगलादेशमा शरण लिन पुगेका थिए ।
यसैबीच बंगलादेश सरकारले आगलागी पीडितहरुलाई हाल अस्थायी क्याम्पमा राखिएको छ भने केहीले साथीभाइहरुको घरमा शरण लिन पुगेका छन् ।