TodayPati

वीरगञ्ज आईसीपीको बाटो हुँदै काठमाडौं हिडेको भारतीय ट्रकबाट एक करोडको कपडा बरामद

टुडेपाटी-
वीरगञ्ज, चैत ११ गते ।

सशस्त्र प्रहरीले धान बोक्ने ट्रकमा लुकाइ भन्सार छलेर ल्याइरहेको कपडा बरामद गरेको छ । भारतबाट वीरगञ्ज आईसीपीको बाटो हुँदै काठमाडौं जान लागेको बीआर ०६ जीबी ४१५६ नम्बरको भारतीय ट्रक सशस्त्र प्रहरीले बरामद गरेको हो ।

आईसीपीमा भन्सार जाँचपासपछि बाहिरिएको धानको ट्रक चेकजाँच गर्दा धानको बोरामुनि कपडा लुकाएर ल्याएको पाइएपछि मंगलबार ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Sponsored

भारतीय ट्रकमा माथि दुई लेयर धानको बोरा राखेर तल सटिङ सुटिङ, कुर्ता सलवार, सारी लगायतका कपडा फेला परेको थियो । कपडासहितको ट्रकलाई आवश्यक कारबाहीका लागि बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको छ ।

बरामद गरिएको कपडाको मूल्य १ करोड ५ लाख रुपैयाँ मूल्यांकन गरिएको राजश्व अनुसन्धान कार्यालय बाराका प्रमुख टंक पाण्डेले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *