TodayPati

बारामा शौच गर्न मकै खेतमा प्रवेश गर्ने क्रममा करेन्ट लागेर एक युवकको घटनास्थलमै मृत्यु

टुडेपाटी-
बारा, चैत ७ गते ।

बारामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियास्थित मकै बारीमा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको हो । 

स्थानीय उपदेश चौधरी बिहान साँढे ६ बजेको समयमा शौच गर्न स्थानीय दिपनारायण चौधरीको मकै खेतमा प्रवेश गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दिपनारायण चौधरीले  मकैको बाली जनावरबाट जोगाउन जिआई तारले मकै बारी घेरेको दिपनारायणका परिवारले जनाएका छन् । 

Sponsored

अनुमति नलिई खेतमा करेन्ट प्रवाह गरेको आरोपमा दिपनारायण चौधरीलाई आवश्यक कारबाहीको लागि प्रहरी नियन्त्रणमा राखिएको ईलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *