TodayPati

मिथिला मध्यमा परिक्रमा महोत्तरीको कञ्चनवन पुग्दै, आज होली खेलिने

टुडेपाटी-

जनकपुरधाम, चैत ७ गते ।

मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आज कञ्चनवन आइपुग्दै छ ।

Sponsored

धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट शुरु भएको परिक्रमा आठौं दिन आइतबार महोत्तरीको भंगहा नगरपालिका–८ स्थित कञ्चनवन आइपुग्दै छ ।

कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख संजिव साहले बताए ।

तिर्थालुहरुलाई संघीय तथा प्रदेश सरकारका मन्त्रीहरुले स्वागत गर्ने बताइएको छ ।

Sponsored

तिर्थालुहरुलाई रंग, अविर, फूलमाला लगाएर भव्य स्वागत गरिने नगरप्रमुख साहले बताए । त्रेतायुगमा सीता र भगवान रामले रंग खेलि होली मनाएको धार्मिक विश्वास छ ।

यहाँ आउने श्रद्धालुहरुले एक–अर्कालाई रंग, अविर लगाएर होलीको शुभारम्भ गर्ने धार्मिक एवम् पौराणिक परम्परा रहेको मिथिला बिहारी डोलाका महन्थ राम नरेश दासले बताए ।

तिर्थालुलाई स्वागत गर्न कञ्चनवनस्थित विहार मन्दिर, अग्निकुण्ड र आँपको बगैंचालाई सरसफाई गरी चिटिक्क पारिएको छ ।

वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट शुरू हुने यो महाकुम्भ १५ दिनमा जनकपुरधाम पुगेर फागु पूर्णिमाको दिन परिक्रमा सम्पन्न गरिने परम्परा छ ।

कञ्चनवनमा परिक्रमा यात्रीको लागि परिवार, कुटुम्ब, इष्टमित्रले भोजन लिएर जाने गरेको चलन रहेको छ ।

घरमा भोजनको विभिन्न परिकार बनाएर आफ्नो परिवारका सदस्य महोत्तरीको कञ्चनवन पुग्ने गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *