TodayPati

पैशा उठाएर अवैध मदिरा भट्टी संचालन र विक्रि गर्न दिएका प्रहरी बल्ल आए एक्सनमा, दुइ दिनमै ३४ भट्टी नष्ट


टुडेपाटी
जनकपुरधाम, चैत ३ गते ।

स्थानीय तथा जनप्रतिनिधिले प्रहरी र प्रशासनले अवैध घरेलु मदिरा भट्टीलाई पैसा अशुली गरेर छुट दिएको भन्दै व्यापक आलोचना हुनथालेपछि प्रहरीले धमाधम भट्टी नष्ट गर्ने अभियान चलाएको छ । धनुषामा विषाक्त मदिरा सेवनबाट २० जना भन्दा बढीको मृत्यु भएको घटनापछि प्रहरीले ‘सेटिङ’ मै चलिरहेको घरेलु मदिरा भट्टी नष्ट गर्ने अभियान थालेको हो ।

अभियानको क्रममा प्रहरीले दुइ दिनमा ३४ वटा अवैध घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक झाका अनुसार शनिबार २२ वटा र आइतबार १२ वटा भट्टी नष्ट गरिएको हो ।
उनका अनुसार भट्टी नष्ट गर्ने क्रममा प्रहरीले शनिबार आठ हजार दुई सय ३२ लिटर कच्चा पदार्थ, दुई हजार तीन सय ८४ लिटर तयारी मदिरा र आइतबार ४ हजार ९ सय ५० लिटर कच्चा पदार्थ नष्ट गरेको छ । भने ३ क्वीन्टल सखर नियन्त्रणमा लिइएको छ ।
उनका अनुसार प्रहरीले आइतवार ३ सय ३५ लिटर तयारी मदिरा नियन्त्रणमा लिएको छ भने १ हजार १ सय लिटर नष्ट गरिएको छ ।

आइतबार ७९ थान भाँडाकुँडा र दुई थान मेसिन प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार घरेलु मदिरा उत्पादन र बिक्री गर्ने सातजनालाई नियन्त्रणमा लिई अनुसन्धानसमेत भइरहेको छ । मदिरा उत्पादन गर्ने र विक्रि वितरण गर्ने स्थानका स्थानीयका अनुसार प्रहरीले भट्टीबाट पैसा उठाउन इलाका प्रहरी, स्थानीय प्रशासन र जिल्ला प्रहरी कार्यालयले घुमुवा खटाएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *