TodayPati

प्रदेश २ : ‘वंशी फसाउने’ १७ जना चोर पक्राउ

टुडेपाटी
वीरगंज, चैत ३ गते ।

प्रदेश २ को पर्सा जिल्लामा विद्युत चोरी गर्ने १७ जना पक्राउ परेका छन् । गाउँमा विद्युतको सप्लाइको दुरुपयोग गर्दै विद्युतको मुख्य तारमा हुकिङ्ग गरी विद्युत चोरी गर्ने १७ जनालाई एकै दिन पक्राउ गरिएको हो। जिल्लामा विद्युत चोरीको घटना बढेको भन्ने सूचनालाई पच्छ्याउँदै विद्युत प्राधिकरण पोखरिया र पर्सा प्रहरीलेको टोली गाउँ छिर्दा एकै पटक यति धेरै मानिस पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

‘जसले जे मनलाग्यो सो गर्न अब छुट हुँदैन। विद्युत प्रयोग पनि मनखुसी प्रयोग गर्न नपाइने हुँदा सम्बन्धित कार्यालयले सहयोग मागेपछि प्रहरीले साथ दिएको पर्साका प्रहरी नायव उपरिक्षक वीरेन्द्र बहादुर शाहीले भने। विद्युत प्राधिकरण र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेका मानिसहरुमा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका २ का धेरै छन्।

त्यो वडाका मात्र जोखु माझी, खलिल मिया, हरि माझी, बली माझी, अलख प्रसाद यादव, इसमहमद मियाँ, अरुण महतो, जुमन मिया, सुरज मिया रहेका छन्। त्यसको साथै पटेर्वासुगौली गाउँपालिकाका ४ का मुनिलाल दास, वडा नम्बर ५ का कृष्णमाली भगत, रुपेश मुखिया, मुकेश मुखिया, पर्सागढी नगरपालिकाका ७ का शिचन्द्र दास र सुरेन्द्र सहनी पक्राउ परेका छन्। त्यसै गरी विन्दवासीनी गाउँपालिका ६ का जयकरण सिंह र बहुदरमाई नगरपालिका २ का पप्पुप्रसाद पटेल रहेको पर्सा प्रहरीले जनाएको छ। पक्राउ परेका अभियुक्तहरुलाई प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान र कार्वाही प्रकृया अगाडी बढाइएको पर्साका प्रहरी नायव उपरिक्षक शाहीले बताए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *