प्रदेश २ : सिटमुनि लागुऔषध राखेर टेम्पो चलाउँदै गरेका दुखा प्रहरीको फन्दामा
टुडेपाटी-
जनकपुरधाम, चैत ५ गते ।
सर्लाहीमा लागुऔषधसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका वडा नं। ९ का ३५ वर्षीय दुखा राय रहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
शुक्रबार साँझ रायलाई मलंगवा नगरपालिका वडा नंं. ८ भगवती मन्दिर स्थितबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले विशेष सुराकीको आधारमा टेम्पो रोकी चेकजाँच गर्दा टेम्पोको पछाडि यात्रु बस्ने सीटमुनि प्लाष्टिक भित्र लुकाई राखेको लुपिगेस्टीक ९१ एम्पुल, फेनर्गन ९३ एम्पुल र डिक्सपाम ८८ एम्पुल गरी २ सय ७२ एम्पुल र करिब ५ हजार रुपैयाँसहित टेम्पो चालक रायलाई नियन्त्रणमा लिएको छ ।
Sponsored