TodayPati

अन्नपूर्ण पोस्ट पत्रिका बन्द हुँदै, २८ जना पत्रकारले दिए सामुहिक राजीनामा

टुडेपाटी-

जनकपुरधाम, चैत ५ गते ।

अन्नपूर्ण पोस्ट दैनिकका २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका छन् ।

Sponsored

पत्रिका बन्द गर्न लागिएकाले राजीनामाका लागि व्यवस्थापन पक्षले दबाब दिएको भन्दै बिनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारीसहित २८ जनाले सम्पादक अखण्ड भण्डारीलाई सामूहिक राजीनामा बुझाएका हुन् ।

उनीहरूले लकडाउनका बेलादेखि बाँकी पारिश्रमिक दिन पनि माग गरेका छन् ।

व्यवस्थापन पक्षको दबाबका कारण बाध्य भएर राजीनामा दिनुपरेको उनीहरूले उल्लेख गरेका छन् ।

Sponsored

कोरोना महारी तथा अन्य विभिन्न कारणबस संस्था घाटामा गएको हुँदा पत्रिका बन्द गर्न लागिएको बताइएको छ । यद्दपी यसबारे पत्रिकाले आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छैन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *