TodayPati

सप्तरीमा विश्व शान्ति स्थापनाका लागि बिष्णु महायज्ञ शुरु, मदिरा र नशालु पदार्थ सेवनमा रोक

शुभ नारायण यादव-

सप्तरी, चैत ३ गते ।

विश्व शान्ति स्थापनाकालागि सप्तरीको राजगढ गाउपालिका ४ स्थित बेल्हि चपेनामा सोमबारदेखि श्री सिताराम नाम सकिर्तन तथा बिष्णु महायज्ञ शुरु भएको छ ।

Sponsored

महायज्ञको शुभारम्भ गर्नुअघि हजारौँको सहभागितामा बृहत् कलश यात्रा निकालिएको श्री सिताराम नाम सकिर्तन एव बिष्णु महायज्ञ समितिका अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिए ।

चैत २ गतेदेखि १२ गतेसम्म नवरात्रि १० दिन सम्म आयोजना हुने सो महायज्ञमा झन्डै १ करोड ५० लाख भन्दा बढि खर्च हुने अनुमान समितिको रहेको छ ।

नेपालमे पहिलो पटक सप्तरी जिल्लामा हुन गइरहेको सो महायज्ञ विश्व शान्ति स्थापना र प्राकृतिक प्रकोपबाट जोगिन आयोजना गरिएको समितिका संजक गजेन्द्र मण्डलले जानकारी दिए ।

Sponsored

स्थानियबासिहरुको सहयोगमा १०८ मरवा सहित भव्य महायज्ञ गर्ने तयारिमा रहेको तथा सो महायज्ञमा १०८ मण्डलि आफ्ने गाउँमा र जिल्लामा २४३ मण्डलि रहने आयोजकले जनाएको छ ।

गाउबासिहरुले आफुखुशि आर्थिक सहयोग दिन तयार रहेको तथा सो महायज्ञमा २५ सय मण्डलि रहने आयोजकले जनाएको छ । साथे सो महायज्ञबाट आएको आम्दानिलाइ रामजानकि मन्दिरलाई सरक्षण सम्बद्धन गर्ने लक्ष्य रहेको तथा उक्त महायज्ञमा सबैलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध समेत सम्पूर्ण जिल्लाबासि र देशबासिहरुमा गरिएको छ ।

उक्त महायज्ञमा करिब ३५ सय सम्म युवा स्वयंसेवक समेत परिचालन गर्ने तथा मुल समिति ७५ सदस्यीय रहेको स्थानिय युवा विएन मण्डलले बताए ।

नेपालमै पहिलो पटक ७७ जिल्लामै सप्तरीमा सो बिष्णु महायज्ञ हुन गइरहेको तथा सो महायज्ञलाई सफल पार्नका लागि सबैलाई आ आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध राजगढ गाउपालिकाका अध्यक्ष परमानन्द यादवले गरे ।

महायज्ञमा नेपाल सहित छिमेकि बिहारबाट समेत हजारो भक्तजनहरु आउने तथा त्यसको सम्पूर्ण तयारि पूरा हुनुका साथे महायज्ञ अवधि भरिमा महायज्ञ स्थलका साथे सो वडाभरिमा मदिरा तथा मदिरा जन्य नशालु पदार्थ र माछा मासुमा समेत रोक लगाएको मेला समितिका अध्यक्ष मण्डलले जानकारी दिए ।

यस्तै महायज्ञ अवधिभरि व्यापक मात्रामा सुरक्षा व्यवस्था समेत कडा पारिएको मेला समितिले जनाएको छ । महायज्ञलाई सफल पार्नका लागि झुला ,मोतका कुवा ,रासलिला ,रामायण पाठ ,कथा ,पुरान ,सास्कृतिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु समेत सन्चालन हुने आयोजक समितिका सयोजक मण्डलले जानकारी दिए ।

नेपालमे पहिलो पटक जगतनन्दन दास पगला बाबाको विशेष पहलमा सो बिष्णु महायज्ञ सन्चालन हुने भएकाले महायज्ञको उदघाटन चेत्र २ गते सोमबार बिहान गाउबासि हजारोको सहभागितामा बृहत् कलश यात्रा निकाल्ने तथा मुतनि नदिमा जल रिसार गरिएको तथा मङगलवारदेखि विधि पुर्वृक सो बिष्णु महायज्ञको हवन कुण्ड हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

महायज्ञलाई सफल पार्नका लागि बाहिरबाट आएका भक्तजनहरुका लागि सान्सद बिक्कि यादवको आर्थिक सहयोगमा झन्डै ५० वटा भन्दा बढि शोचालय निर्माण गरिने जनाएको छ ।

महायज्ञलाई सफल पार्नका लागि व्यापक मात्रामा सशस्त्र तथा जनपद प्रहरी परिचालन गर्नुका साथे स्थानिय युवाहरुलाइ समेत परिचालन गरिएको मेला समितिका सल्लाहकार ओम प्रकाश् मण्डलले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *