TodayPati

प्रदेश २ सहित देशभर कक्षा २, ३, ६ र १२ मा नयाँँ पाठ्यपुस्तक पढाई हुने, यस्ता छन् विषयहरु

टुडेपाटी-

जनकपुरधाम, चैत ३ गते ।

आगामी शैक्षिकसत्रदेखि कक्षा २, ३ र १२ मा नयाँ पाठ्यपुस्तक लागू हुने भएको छ । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तक तयार पारिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

Sponsored

केन्द्रले नयाँ पाठ्यक्रमअनुसार पुस्तक छपाउने तयारी गरेको छ ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार पाठ्यक्रम परिवर्तन गर्न गरिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए । उनले भने, ‘पाठ्यक्रमको सबै काम लगभग सकिएको छ, केही दिनभित्र किताब छाप्न दिन्छौँ ।’

नयाँ पाठ्यक्रम अनुसार कक्षा २ र कक्षा ३ मा चार वटा विषय राखिएको छ । कक्षा ६ मा ६ वटा विषय राखिएको छ ।

Sponsored

यी कक्षामा एउटा स्थानीय पाठ्यक्रम पनि पढाइ हुन्छ । कक्षा १२ मा चार वटा अनिवार्य विषयसहित ६ वटा विषय राखिएको छ ।

कक्षा १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा र गणित विषय अनिवार्य गरिएको छ ।

अनिवार्य विषयमा विद्यार्थीहरूले सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा र गणितमध्ये एउटा रोज्न पाउनेछन् ।

चार वटा समूहमा विभाजन गरेर ७९ वटा विषय ऐच्छिक विषयका रूपमा राखिएका छन् । विद्यार्थीले यी समूहबाट तीन वटा ऐच्छिक विषय छान्नु पर्नेछ ।

यसरी कक्षा १२ का विद्यार्थीले ६ वटा विषय पढ्नुपर्नेछ ।

हाल कक्षा १२ का विद्यार्थीले ५०० पूर्णाङ्कका ५ वटा विषय पढिरहेका छन् ।

नयाँ पाठ्यक्रमअनुसार कक्षा १२ मा ६ वटा विषय हप्तामा २७ क्रेडिट आवरमा पढाइ हुनेछ । अर्थात् २७ घण्टा पढ्नुपर्नेछ । विद्यार्थीको परीक्षा ग्रेडिङ प्रणालीमा हुनेछ ।

चालु शैक्षिक वर्षमा कक्षा १ र कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरिएको थियो ।

अर्को वर्ष कक्षा ४, कक्षा ७ र कक्षा ९ मा लागू हुनेछ ।

२०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गरिसक्ने योजना छ ।

कक्षा २ र ३ का नयाँ विषय

पाठ्यक्रम विकास केन्द्रले कक्षा २ र ३ मा चारवटा पाठ्यपुस्तक तयार पारेको छ । 

  • नेपाली
  • अंग्रेजी 
  • गणित
  • हाम्रो सेरोफेरो

एउटा किताब स्थानीय तहले बनाउने र सो किताब मातृभाषा वा स्थानीय विषय हुनेछ ।

कक्षा ६ का नयाँ विषय 

कक्षा ६ का लागि केन्द्रले छवटा विषय बनाएको छ । 

  • नेपाली
  • अंग्रेजी
  • गणित
  • विज्ञान
  • सामाजिक
  • र, स्वास्थ्य शारीरिक

कक्षा १२ का विषय

कक्षा १२ मा तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक विषय समावेश गरिएको छ । 

  • नेपाली
  • अंग्रेजी
  • सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
  • र, गणित 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *