TodayPati

सप्तरीको बेल्ही चपेनामा हुने महायज्ञको सम्पूर्ण तयारी पूरा, भोलि उद्घाटन

शुभ नारायण यादव-
सप्तरी, चैत १ गते ।

विश्व शान्ति स्थापनाका लागि सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेनामा भोलिदेखि श्री सिताराम नाम सकिर्तन तथा बिष्णु महायज्ञ हुँदै छ ।

महायज्ञको सम्पूर्ण तयारी पूरा भइसकेको श्री सिताराम नाम सकिर्तन एव बिष्णु महायज्ञ समितिका अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिए । चैत २ गतेदेखि १२ गतेसम्म १० दिन सम्म आयोजना हुने सो महायज्ञको सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको तथा झन्डै १ करोड ५० लाख भन्दा बढी खर्च हुने अनुमान समितिको रहेको छ ।

Sponsored

सो महायज्ञ नेपालमै पहिलोपटक सप्तरी जिल्लामा हुन गइरहेको तथा विश्व शान्ति स्थापना र प्राकृतिक प्रकोपबाट बचाउन, जोगिनको लागि आयोजना भएको समितिका संयोजक गजेन्द्र मण्डलले बताए ।

स्थानियबासिहरुको सहयोगमा १०८ मरवासहित भव्य महायज्ञ गर्ने तयारीमा रहेको तथा सो महायज्ञमा १०८ मण्डली आफ्नै गाउँमा जिल्लामा २४३ मण्डली रहने आयोजकले जनाएको छ ।गाउँबासिहरुले आफुखुसी दिएको आर्थिक सहयोग तथा सो महायज्ञमा जम्मा २५ सय मण्डली रहने आयोजकले जानकारी दिएको छ ।

महायज्ञबाट आएको आम्दानीलाई रामजानकी मन्दिरलाई संरक्षण सम्बद्धन गर्ने लक्ष्य रहेको तथा उक्त महायज्ञमा सबैलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध समेत गरिएको छ । उक्त महायज्ञमा करिब ३-५ सय सम्म युवा स्वयंसेवक समेत परिचालन गर्ने तथा मुल समिति ७५ सदस्यीय रहेको स्थानीय युवा विएन मण्डलले बताए ।

Sponsored

नेपालमै पहिलोपटक सप्तरीमा बिष्णु महायज्ञ हुन गइरहेको तथा सो महायज्ञलाई सफल पार्नका लागि सबैलाई आआफ्नो स्थानबाट सहयोग गर्न अनुरोध राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले गरेका छन् । महायज्ञमा नेपालसहित छिमेकी मुलुक भारतको बिहार राज्यबाट समेत हजारौं भक्तजनहरु आउने तथा भक्तजनहरुलाई व्यवस्थापन गर्ने सम्पूर्ण तयारी पूरा हुनुका साथै महायज्ञ अवधि भरिमा महायज्ञ स्थलमा तथा वरिपरी माछा मासुमदिरा निषेध गरिएको मेला समितिका सल्लाहकार ओमप्रकाश मण्डलले जानकारी दिए ।

यस्तै महायज्ञ अवधिभरि व्यापक मात्रामा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । महायज्ञलाई सफल पार्नका लागि झुला, मौतका कूवा, रासलीला, रामायण पाठ, कथा, पुरान, सांस्कृतिक कार्यक्रम लगायतका व्यवस्था गरिएको आयोजक समितिका संयोजक मण्डलको भनाइ छ ।

नेपालर्म पहिलोपटक जगतनन्दन दास पगला बाबाको विशेष पहलमा सो बिष्णु महायज्ञ सञ्चालन हुने भएकोले महायज्ञको उद्घाटन चैत २ गते सोमबार बिहान हुनेछ भने बृहत् कलश यात्रा निकाल्ने तथा मुतनी नदीमा जल रिसार गर्ने कार्यक्रम रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *