मालपोत कार्यालय लहानमा बम विष्फोट, आधा दर्जन मानिस घाइते, २ जनाको अवस्था गम्भीर
टुडेपाटी-
सिरहा, चैत १ गते ।
सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । सिरहाको लाहन नगरपालिकामा रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा ६ जना घाइते र दुईजना गम्भीर घाइते जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राजभण्डारीले जानकारी दिए ।
‘ठूलो आवज आएपछि हामी त्यस तर्फ जाँदै छौं,’ प्रमुख राजभण्डारीले भने,‘अहिले केहि घाइते हुनुभएको छ ।’
आइतबार दिउँसो भएको बम विष्फोटमा परी आधा दर्जन मानिस घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बमविस्फोट कसले गरेको हो भन्ने कुरा अहिले खुलेको छैन ।थप विवरण आउन बाँकी