TodayPati

वीरगञ्‍जबाट अवैध लागुऔषधसहित दुईजना पक्राउ

टुडेपाटी-
वीरगञ्‍ज, फागुन २९ गते ।

वीरगञ्‍जबाट अवैध लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको झुले गाउँपालिका–२ घर भई चितवन टाँडी नगरपालिका– २ बस्ने २० वर्षीय सुरज कार्की र मकवानपुर हटौडा उपमहानगरपालिका– ३ बस्ने ३५ वर्षीय विकाश लामा छन् ।

वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर चोकस्थित सडकमा वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बसमा चेकजाँच गर्ने क्रममा शरीर खानतलासी गर्दा ज्याकेटको खल्तीबाट नाइट्रोभेट ट्याबलेट ५ पत्ता अर्थात ७५ पिस फेला परेको प्रहरीले जनाएको छ ।

Sponsored

त्यसैगरी वीरगञ्ज– १६ इनर्वा भन्सार मुख्य गेटमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जको टोलीले नियमित सवारी चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको ना ४४ प २६५७ नं।को स्कुटी खानतलासी गर्दा चालक विकास लामाको साथबाट लागु औषध भेटिएको प्रहरीले जनाएको छ ।

स्कुटीबाट लागुऔषध विनसिरेक्स १ सय एमएलको २४५ बोतल र नाइट्रोभेट ट्याबलेट ५ पत्ता अर्थात ७५ पिस बरामद भएको प्रहरीले जनाएको छ ।

दुवैजनालाई लागुऔषधसम्बन्धी कसुर मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *