TodayPati

१९ दिनदेखि बेपत्ता झा दम्पतीको अवस्था सार्वजनिकको माग गर्दै जनकपुरमा प्रदर्शन

टुडेपाटी-
जनकपुरधाम, फागुन २९ गते ।

महोत्तरीको पिपरा गाउँपालिका ५ सोहडवाका मुसाफिर झा र उनकी पत्नी गीता देवीको अवस्था सार्वजनिक गर्न माग गर्दै जनकपुरमा प्रदर्शन भएको छ ।

झा दम्पती १९ दिनदेखि बेपत्ता छन् । उनीहरू सुतेकै ठाउँबाट बेपत्ता भएका हुन् । झा दम्पती बेपत्ता भएको घटनामा प्रहरीले चासो नदेखाएको र प्रहरीको भूमिकामाथि प्रश्न उठेको भन्दै विभिन्न संघ संस्थाका प्रतिनिधि तथा आफन्तले जनकपुरको जिरोमाइलमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

Sponsored

यसअघि झाका आफन्तले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा धर्ना दिएका थिए । फागुन १० गते रातिदेखि बेपत्ता भएका झा दाम्पतीको अवस्था अझै अज्ञात छ ।


प्रहरीले घटनाका सम्बन्धमा अझैसम्म कुनै ‘क्लू’समेत भेट्टाउन सकेको छैन । उनीहरूको हत्या गरी पोखरीमा फालेको हुनसक्ने आशंकामा प्रहरीले दर्जनौँ पोखरीमा डुंगा र जाल बिछ्याएर सर्च अपरेसन चलाएको महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

विष्टका अनुसार विभिन्न ठाउँमा खाल्डो खनेरसमेत उनीहरुको खोजीकार्य भइरहेको छ ।

Sponsored

अनुसन्धानको क्रममा प्रहरीले हालसम्म ३० जनाभन्दा बढीलाई पक्राउ गरी सोधपुछ गरेको छ । तीमध्ये चार जनालाई हिरासतमा राखिएको छ ।

बेपत्ता दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन्द्र ठाकुरसहित चार जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले हिरासतमा राखिएका चारै जनाको पोलिग्राफ टेस्ट गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *