TodayPati

प्रदेश २ : लोभमा फसाएर जबर्जस्ती करणी र करणीको प्रयास गर्ने तीनजना प्रहरीको फन्दामा

टुडेपाटी-

वीरगञ्ज, फागुन २९ गते ।

जर्बजस्ती करणी र करणी प्रयास गरेको आरोपमा पर्सा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

Sponsored

जिल्ला प्रहरी कार्याालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–३१ बस्ने २२ वर्षीय अनिल कुशवाहा, सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ बस्ने १८ वर्षीय रोशनकुमार यादव र पटेर्वासुगौली गाउँपालिका–४ बस्ने १९ वर्षीय अविशेक दास थारुलाई पक्राउ गरिएको हो ।

कुशवाहा र यादवविरुद्ध जबर्जस्ती करणीको र थारुविरुद्ध जबर्जस्ती करणी उद्योगमा संलग्न भएको प्रहरीले जनाएको छ ।

पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालका अनुसार अनिलले १९ वर्षीय महिलासँग सम्बन्ध कायम गरेका थिए ।

Sponsored

महिलालाई उमेर २० वर्ष पुगेपछि विवाह गर्छु भनी विश्वास दिलाउन २०७६ फाल्गुन १६ गते उनले छेकासमेत गरेका रहेछन् ।

उनले आफ्नै घरकोठा तथा गाउँघरको एकान्त स्थानमा समेत गरी पटक–पटक करणी गरेको भनी प्रहरीमा उजुरी परेको छ ।

तर सम्बन्धमा रहेको केटीलाई छोडेर कुशवाहाले अर्कै केटीसँग विवाहसमेत गरेको आरोप अनिलमाथि लागेको छ ।

त्यसैगरी सखुवाप्रसौनी गाउँपालिका–५ बलुवा टोल बस्ने रोशनविरुद्ध १६ वर्षी बालिकालाई फागुन ८ गते राति १० बजे जबर्जस्ती करणी गरेको आरोप छ ।

बालिकाको कोठामै गई विवाह गर्छु भनी ललाइफकाई जबरजस्ती करणी गरको प्रहरीले जनाएको छ ।

रोशनकै कारण फागुन १३ गते बिहान १ बजे केटीले घर छाडी हिँड्न बाध्य भएकी थिइन् । रोशनले भारतको गोरखपुर भन्ने ठाउँमासमेत लिएर डेरा गरी राखी पटकपटक करणी गरेको आरोप केटी पक्षको छ ।

यस्तै फागुन २५ गते बिहान साढे ११ बजे २१ वर्षीया महिला गहुँखेतमा घाँस काटिरहेको अवस्थामा अविशेकले जर्बजस्ती करणी प्रयास गरेको उजुरी प्रहरी कार्यालयमा परेको छ ।

महिलाको पछाडिबाट आई एक्कासी झम्टिएर जबरजस्ती करणी गर्न खोजेको दाबी उजुरी कर्ता पक्षको छ ।

बालिकाको घर तथा प्रहरीबाट खोजतलास भइरहेको छ भन्ने थाहा पाई निजले पीडितलाई आफ्नो घर जाउ भनी पठाएको बालिकाको बुवाको आरोप छ ।

आरोप अनुसारकै मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद अनुमति लिई आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *