सप्तरीमा आगलागी हुँदा ७ लाख बढीकाे क्षति
शुभ नारायण यादव-
सप्तरी, फागुन २७ गते ।
सपतरीको कञ्चनरुप नगरपालिका वडा नं. १ बैरवामा आगलगि हुँदा ७ लाख बरावरको धन सम्पतीको क्षति भएको छ ।
जिल्लाकाे कञ्चनरुप नगरपालिका २ बैरवमा अाज खाना पकाएको चुलोबाट अचानक आगलागि हुदा ७ लाख बराबरको क्षति भएको हो ।
आगलागीमा १ लाख नगद रुपैया, चामल, धान, गैहु,दाल , १ ओटा जस्तापाता छाना भएको घर,लुगाकपडा, भाँडाकुडा र खाट लगायत गरी ७ लाख रकम बरावरको धन सम्पतीको क्षति भएको पिडीत दुःखनी देवी बैधले बताइन्।
स्थानीय अर्जुन पजियारका अनुसार आगलगि हुदा घरमा पिडीतको कोईनभएर खद्यान , लुगा कपडा लगायत सम्पुर्ण समान जलेर नष्ट भएको हो ।
यता स्थानीयरबासी, प्रहरी र नगरपालिकाको बारुण यन्त्रको सहयोगमा आगोलाई नियन्त्रणमा लिएकोे कारण थप क्षती हुनबाट बस्ती जोगेको प्रहरीले जनाएको छ ।
Sponsored