TodayPati

पर्सा राष्ट्रिय निकुञ्जमा ५५ किमी साइकल यात्रा सम्पन्न, पर्यटनमा टेवा पुग्ने मुख्यमन्त्रीको विश्वास

टुडेपाटी-
पर्सा, फागुन २७ गते ।

पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ सेना दिवस एब महाशिवरात्री को अवसर पारेर ५५ किलोमिटरको साईकल यात्रा सम्पन्न भएको छ ।

सात बर्षिय बालक देखि ६५ बर्षिय बृद्ध सम्म सहभगी साईकल यात्राको समापन गर्दै मुख्यमन्त्री लालबाबु राउतले यस्ता आयोजन हरु प्रदेशको पर्यटन प्रबर्द्धनमा कोशे ढुङ्गा साबित हुने बिश्वास व्यक्त गरे ।

Sponsored

प्रदेशको प्राकृतिक पर्यटकिय गन्तव्यको रुपमा पर्सा राष्ट्रिय निकुञ्जलाई बिकास गर्न प्रदेश सरकार प्रयत्नशील रहेको समेत उनले बताए ।

मुख्यमन्त्री राउतले ५५ किलोमीटर को साईकल यात्रामा सहभागी सप्तरीका सात बर्षिय बालक राहुल चौधरीलाई प्रदेश सरकारको तर्फ बाट ५१ हजार नगद पुरस्कार दिने घोषणा समेत गरे ।

समापन कार्यक्रममा उद्योग , पर्यटन , वन तथा बाताबरण मन्त्रालयका सचिव रामचन्द्र कडेल प्रदेशको पर्यटकीय सम्भावना र बन्यजन्तुको समरक्षण सम्बन्धमा प्रदेश सरकारको नीति बारे धारणा राख्नु भए ।

Sponsored

कार्यक्रममा प्रदेश सभा सदस्य शोभा लामा, संविधान सभा सदस्य मधु शाही लगायत को उपस्थिति रहेको थियो ।

५५ किलोमिटरको साईकल यात्रामा नेपाली सेना र सशस्त्र प्रहरीका पुर्ब प्रमुखहरू , सप्तरी का सात बर्षिय राहुल चौधरी सहित १८७ जनाको सहभगिता रहेको थियो ।

स्वच्छ देश, स्वस्थ मधेश नाराका साथ प्रदेश सरकार , नेपाली सेना, पर्सा राष्ट्रिय निकुञ्ज लगायतको सङ्घ संस्था ले सन्युक्त रुपमा उक्त साईकल यात्राको आयोजना गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *