धनुषामा आफ्नै भिनाजुको हत्या आरोपमा पक्राउ खाती १ लाख धरौटीमा रिहा
टुडेपाटी-
जनकपुरधाम, फागुन २७ गते ।
धनुषामा आफ्नै भिनाजुको हत्या आरोपमा पक्राउ परेका सालोलाई धनुषा जिल्ला अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
उदयपुर त्रियुगा नगरपालिकाका निरज खातीलाई जिल्ला अदालत धनुषाले १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।
बुधबार जिल्ला न्यायाधीश केशव अर्यालको एकल इजलासले खातीलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
गत माघ १३ गते धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७ स्थित क्षिरेश्वर डिष्टिलरीका सञ्चालक उदयपुरको त्रियुगा नगरपालिका–७ का प्रमोद रेग्मीको हत्या भएको थियो । हत्या आरोपमा धनुषा प्रहरीले रेग्मीका आफ्नै सालो खातीलाई पक्राउ गरेको थियो ।
खातीले सेयर लगानीसम्बन्धी विवादमा आफूले बाँसको लठ्ठीले टाउकोमा हानेर भिनाजुको हत्या गरेको प्रहरी समक्ष स्वीकारेका थिए ।
Sponsored
पक्राउ परेभा सालो खातीमाथि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो ।
स्वयम् हत्या स्वीकार गरिसकेका खातीलाई
बुधबार अदालतले १ लाख धरौटीमा रिहा गर्न अादेश दिनु आश्चर्य भएको एक प्रहरी अधिकृतले बताए ।