बिरेन्द्र बजारमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो
टुडेपाटी-
सप्तरी, फागुन २७ गते ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ स्थित बिरेन्द्र बजारमा बुधबार सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ ।
दुर्घटनामा स्थानीय २४ वर्षीय प्रदीप कुमार सरदारको ज्यान गएको प्रहरीले जनाएको छ ।
स ८ प ६५५२ नम्बरको मोटरसाइकलमा सवार सरदारलाई साँझ साढे सात बजे ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छ्न ।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको सरदार सवार मोटरसाइकललाई बिपरित दिशाबाट आउदै गरेको ट्रकले ठक्कर दिएर भागेको स्थानीयले जनाएका छन् ।
Sponsored
घटनापछि प्रहरीले स १ त ७५३७ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रुपनीमा राखेको छ ।
प्रहरीले घटना बारे अनुसान्ध गरिरहेको तथा शव परिक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाएको बताएको छ ।