होलीकै दिनदेखि अत्यधिक मदिरा सेवन गर्दै आएकी चन्द्रीका लहानमा मृत भेटिए
टुडेपाटी-
सिरहा, चैत २ गते ।
सिरहामा २३ वर्षीया एक किशोरी मृत अवस्थामा फेला परेका छन् । उदयपुरको उदयपुरगढी ७ घर भई हाल लहान ४ को बीरेन्द्र झाको घरमा डेरागरी बस्ने अन्दाजी २३ वर्षीया चन्द्रीका भन्ने तिर्थकुमारी कार्की मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
उनीसँगै डेरामा बस्ने संगीता मगरले होलीकै दिनदेखि अत्यधिक मदिरा सेवन गर्दै आएका उनी बेहोस भएपछि उपचारको लागि लहान अस्पताल लग्ने क्रममा मृत्यु भएको बताइन् । ‘चन्द्रीकाले ३-४ दिनदेखि अत्यधिक मदिरा पिइरहेकी थिइन्, बेहोस भएपछि उनलाई अस्पताल लगेपनि अस्पताल पुग्दा मृत घोषणा गरिएको मगरले भनिन् ।’
इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी सरतकुमार थापा क्षेत्रीका अनुसार अहिले नै मृत्यु कारण बताउन नसक्ने र पोष्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारण पत्ता लाग्ने छ ।
चन्द्रीकाले डेढ वर्षअघि संगीताका भाई नवीन थापा मगरसँग प्रेम बिवाह गरेकी थिइन् । विवाहको केही दिनलगत्तै नविन रोजगारीका लागि कतार गएका थिए ।
Sponsored
संगीता र चन्द्रिका लहानस्थित जेएस मुराराका बहुमुखि क्याम्पसमा स्नातक पढ्नै लहानकै निजी विद्यालयमा शिक्षण गर्दै आएको बताइन्छ ।