TodayPati

कोरोनाको उच्च जोखिममा नेपाल रहेको भन्दै शिक्षामन्त्री पोखरेलले गरे कार्यक्रम स्थगित

रञ्जन भण्डारी-

महोत्तरी, चैत २ गते ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको या.ल.ना. विद्यापीठ मटिहानीमा नवनिर्मित शिक्षण भवनको उद्घाटन स्थगित गरेका छन् । 

Sponsored

शनिबार कार्यक्रमस्थलमै पुगेर उनले भवन उद्घाटन स्थगित भएको घोषणा गरेका हुन् । कोरोना भाइरसले नेपालसमेत उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन तत्काल कार्यक्रम स्थगित गरिएको उनले जानकारी दिए । मन्त्री पोखरेलले कोरोनालाई त्रासका रूपमा नलिई सावधान र सुरक्षित रहन आग्रह गरे । 

उनले सञ्चारमाध्यमलाई लक्षित गर्दै कोरोनासम्बन्धी गलत प्रचार–प्रसार नगर्न र अपुष्ट खबरलाई आफूखुसी पुष्टि गरेर प्रकाशन नगर्न आग्रह गरे । सरकारले सभा, समारोह तथा भेलालगायतका मानिस जम्मा हुने खालका कार्यक्रममा रोक लगाएको छ । मन्त्री पोखरेलले भवन उद्घाटन पछिसमेत हुन सक्ने भन्दै दुई दिनअघि सर्वदलीय बैठकले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको बताए । 

कार्यक्रममा प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रतिनिधिसभा सदस्य चन्दा चौधरी र मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डल, उपकुलपति प्रा. रमेशप्रसाद ढकाललगायत सहभागी भइसकेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *