TodayPati

दुइ प्रधानमन्त्रीका पत्नी सहित १ लाख ५४ हजारमा कोरोनाको संक्रमण, करिब ६ हजार व्यक्तिको मृत्यु

टुडेपाटी
जनकपुरधाम, चैत २ गते ।

काेराेना भाइरसकाे संक्रमण विश्वव्यापी रुपमा फैलिएकाे छ। काेराेनाकाे संक्रमण विश्वका १४९ देशमा फैलिएकाे छ भने यसबाट शनिबारसम्म ५ हजार ७९८ जनाकाे मृत्यु भइसकेकाे छ।

विश्वमा कोरोना भाइरसबाट १ लाख ५४ हजार हजार २७९ मानिस संक्रमित भएका छन्। गत डिसेम्बरमा चीनबाट सुरु भएकाे काेराेनाकाे संक्रमण अहिले युराेपमा केन्द्रित भएकाे छ।

Sponsored

स्पेनमा एकैदिन १ हजार ५०० जनामा ​​संक्रमण भएकाे भेटिएकाे छ। बेलायतमा नवजात शिशुमा पनि काेराेनाकाे रिपोर्ट पाेजेटिभ देखिएकाे छ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी पत्नीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्पेन सरकारले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री पत्नी डोना बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री निवासमा गरिएको परीक्षणको क्रममा डोनालाई संक्रमण देखिएको हो । उनलाई प्रधानमन्त्री निवासमै आइसोलेसनमा राखेर उपचार गरिने जनाइएको छ । यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ट्रुडोलाई कोरोना भाइरसको संक्रमण देखिएपछि आइसोलेसन वार्डमा राखेर उपचार भैरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *