TodayPati

प्रादेशिक अस्पताल जनकपुरमा युनियन अझै यथावत

जनकपुरधाम, चैत २ गते ।


प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुर विकास समिति कर्मचारी युनियनको कार्यसमिति यथावतै रहेको समितिका अध्यक्ष मोहम्मद सफी अहमद अंसारीले दाबी गरेका छन ।

अंसारीले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नेतृत्वमा विगतमै सर्वसम्मतिबाट निर्वाचित भएको कार्य समिति यथावतै रहेको उल्लेख गरेका छन् ।

Sponsored

फागुन २५ र २६ गते होलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गर्नका लागि निर्वतमान उपाध्यक्ष अजित तिवारीले भेला बोलाएकोमा बिना अधिवेशन आफू खुशी आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरेको प्रति आपति जनाउंदै अंसारीले भने — नयाँ कार्य समिति निर्वाचन गर्न संस्थाको विधान अनुसार विभिन्न लोकतान्त्रिक प्रक्रियाहरु पुरा गर्नुपर्नेमा कुनै प्रक्रिया नअपनाएर आफू खुशी नयाँ कार्य समिति घोषणा गरेको हो ।

भनिएको नयाँ कार्यसमितिका वर्तमान कोषाध्यक्ष अक्षाकुमारी विष्ट, वर्तमान सदस्य लालकिशोर साह, कार्यकारिणी सदस्य लाले मेस्तर लगायतले नयाँ कार्यसमितिमा आफ्नो संलग्नता नरहेको भनी हस्ताक्षर सहितको विज्ञप्ति जारी गरेको छ ।

विकास समितिका पुर्व अध्यक्ष विनय गोइत, पुर्व उपाध्यक्ष लक्ष्मेश्वर कापर, पुर्व सचिव फुलकुमार यादव, प्रदेश सदस्य पुनम ठाकुर लगायतका कर्मचारीहरुले असहमति जनाएका छन । 
अंसारीका अनुसार जारी कार्य समितिको कार्यकाल एक वर्ष अझै बांकी नै रहेकोले सो नयाँ कार्यसमिति विधान विपरित रहेको छ ।

Sponsored


टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *