TodayPati

छोरा अपहरणमा परेको भन्दै गलत उजुरी दिने बुवा पक्राउ

शुभ नारायण यादव-
सप्तरी , चैत १ गते ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न. ९ पत्थरगाढाबाट एक जना बालकको अपहरणमा परेको रहस्य खुलेको छ ।
स्थानीय जासर मियाका अन्दाजी १२ बर्षिय छोरा मो. ज्याउदिन खानको अपरहण भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । तर अपहरणमा परेको बालक अपरहण नभई फुफुको घरमा गएको खुलेपछि उनका बुवालाई नै प्रहरीले पक्राउ गरेको छ ।
बालक आफनै घरको बाँसको ढोका भएको कोठा भित्र वच्चाहरू संग सुती राखेको अवस्थामा नम्बर नखुलेको मोटरसाईकलमा आएका अपरिचित ब्यक्तिहरुले सो बालकलाई अपहरण गरी लगेको पिडितका परिवारजनलाई उद्धित गर्दै सप्तरी प्रहरीले जनाएको छ ।
सो बालकको अपहरण गरेको अवस्थामा अन्य वच्चाहरू रून कराउन थालेपछि घरको मानिसहरू बाहिर हेर्दा मोटरसाईकलको आवाज मात्र थाहा पाएको प्रहरी समक्ष ब्यान दिएपछि बालकको अपहरण भएको रहस्य खुलेको छ । अपहरित बालकका बुबा जासर मियाले सुरक्षा बेश क्याम्प पथ्थरगाडामा मौखिक जाहेरी दिएपछि तत्काल सो घटनाको सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान कार्य गरीरहेको प्रहरीले जनाएको छ ।
यसैबिच प्रहरीको टोलीले सुक्ष्म रुपमा अनुसन्धान गर्दा अपहरणमा परेको वालक आफन्त फुपु दिदिको घरमा गई वसेको भन्ने खुल्न आएको प्रहरी श्रोतले जनाएको छ । साथै सो वालकलाई जिल्ला प्रहरी कार्यालयमा झिकाई सोधपुछ गर्दा निज वालक आफै फुपुको घरमा गएको कोही कसैले अपहरण गरेको छैन भनि भनेपछि बालकको बुबाले दिएको जाहेरी बनावटी झुट्टा हो भनि खुल्न आएको प्रहरीले जनाएको छ ।
यता अपहरणमा परेको बालकको वुवा जासर मियालाई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई राखेको तथा घटनाको आवश्यक थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *