धनुषाको औरही गाउँपालिका कार्यालयमा जेष्ठ नागरिकहरुले लगाए ताला
टुडेपाटी-
जनकपुरधाम, फागुन २३ गते ।
ज्येष्ठ नागरिकहरुले धनुषाको औरही गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।
पछिल्लो आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै विभिन्न वडाबाट आएका ज्येष्ठ नागरिकहरुले आइतबार गाउँपालिकामा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
गाउँपालिकाले साउन महिनादेखि हालसम्मको भत्ता नदिएको उनीहरुको गुनासो छ ।
भत्ता लिन पटक–पटक गाउँपालिका धाएपनि अध्यक्ष तथा कर्मचारीले फिर्ता घुमाउने गरेको कारण बाध्य भएर ताला बन्दी गर्नुपरेको स्थानीय जयकृष्ण साहले बताए ।
एक महिनादेखि गाउँपालिकाका अध्यक्ष ब्रहमदेव यादव पनि सम्पर्कमा नआएकाले तालाबन्दी गर्नुपरेको उनीहरुको भनाइ छ ।
Sponsored