प्रदेश २ : एकै परिवारका दुई फरक क्षमताका सन्तान भएका विपन्नलाई मिश्रको सहयोग
टुडेपाटी-
रौतहट, फागुन २२ गते ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–६ पटेर्वाका अति विपन्न दलित परिवारलाई
विवेकशील साझा पार्टीका सचिवालय सदस्य अनिमेश कुमार मिश्रले
खाद्यन्न सहयोग गरेका छन् ।
सडकपेटी छेउमा सुकुम्बासीको रूपमा टहरा बनाएर बसोबास गर्दै आएका परिणा चमार परिवारको दयनीय अवस्थाका बारेमा पत्रकार अभिमन्यु पटेलले समाजिक संजालमा राखेको देखेर मिश्रले खाद्यन्न सहयोग गरेका हुन् ।
तत्कालका लागि उनले एक क्विन्टल चामल, २० किलो आलु, २ किलो दाल, ३ किलो नुन र एक लिटर खाने तेल सहयोग गरेका छन् ।
हरेक ६/ ६ महिनामा खाद्यान्न सहयोगलाई निरन्तरता दिने मिश्रले घोषणा समेत गरेका छन् । पत्रकार पटेलले मिश्रबाट प्राप्त सहयोग आजै चमारको परिवारलाई सहयोग हस्तान्तरण गरेका छन् ।
Sponsored
उनले थप सहयोगका लागि अन्यलाई दातालाईपनि आग्रह गरेका छन् । उनले भनेका छन्, “आर्थिक अवस्था कमजोर भएको हुनाले असहाय परिवारलाई व्हिल चियर,खाद्यान्न र कपडाको लागि दातृ निकायसँग बिनम्रतापूर्वक आग्रह गर्दछु, ।”
परिणाका १२ वर्षीय छोरा दुखा चमार र ९ वर्षीया छोरी सियापती चमार पूर्ण रुपमा शारिरिक रुपमा अशक्त छन् ।
पत्रकार पटेलले सहयोगकालागि आग्रह गरेको २४ घण्टा नबित्दै सचिवालय सदस्य मिश्रले सहयोगको घोषणा गरेका थिए ।