TodayPati

चोरी गरेर र भन्सार छलेर ल्याइएको मोबाइल नेपालमा अब नचल्ने

टुडेपाटी

काठमाडौँ, फागुन २२ गते ।

नेपालमा अबदेखि अवैध मोबाइल नचल्ने भएका छन्। आउँदो जेठ महिनाबाट नेपालमा अवैध मोबाइल नचल्ने भएका हुन्।

Sponsored

त्यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम–एमडीएमएस जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ।

बिहीबार प्राधिकरण स्थापनाको २३ वर्ष पुगेको अवसरमा आयोजितका कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडीएमएस जडान प्रक्रियाको पछिल्लो अवस्थाबारे जानकारी गराए।

उनले एमडीएमएस जडान, इन्स्टलेसन र स्थापनाको कार्य अगाडि बढिसकेको र अबको जेठबाट नेपालमा अवैध रुपमा भित्रिने मोबाइल नचल्ने बताए।

Sponsored

प्राधिकरणले अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन विगत साढे चार वर्षदेखी इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ।

पहिलो चरणमा मोबाइलको आईएमईआई दर्तालाई प्राथामिकता दिएको प्राधिकरणले अब दर्ता नभएको मोबाइल बन्द गर्ने कार्य केही महिनामै सुरु गर्ने भएको हो।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *