TodayPati

स्वर्गीय महराका परिवारलाई मैथिली सेवा समाजको २५ हजार सहयोग

टुडेपाटी-
जनकपुरधाम, फागुन २० गते ।

मैथिल सेवा समाज मलेसिया र कतारले धनुषाको धनुषाधाम नगरपालिका मुलाबारीका स्वर्गीय राजकिशोर महराको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

महराकी श्रीमती शिव देवी महरालाई समाजले नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
आर्थिक रुपले विपन्न महराको असमायिक निधनले उनको परिवारमा छाँकटार्न समस्या भएपछि मलेसिया तथा कातारका समाजमा आवद्ध युवाहरुले रकम संकलन गरी आर्थिक सहयोग गरेको संस्थाका सदस्य राजेन्द्र यादवले जनाकारी दिए ।

Sponsored

स्वर्गीय महराको घरमा श्रीमतीसहित ६ छोरी र १ छोरा छन् । घर परिवारको जोहो गर्ने महराको असमायिक निधनले परिवारको अवस्था दयनीय भएपछि सहयोग गरेको समाजका केन्द्रिय अध्यक्ष लक्ष्मी यादवले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *