TodayPati

जानकी हेल्थकेयरले मनायो १३ औं वार्षिकोत्सव

टुडेपाटी-
जनकपुरधाम, फागुन २० गते ।

जनकपुर स्थित एकसय बेडको जानकी हेल्थकेयर एण्ड टिचिंग हस्पिटल प्रा.लि.ले आफ्नो १३ औं स्थापना दिवस मनाएको छ ।

सञ्चालक समितिका अध्यक्ष कृष्णदेव यादवको अध्यक्षता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री एवं जनता समाजवादीका संघीय सांसद सरेन्द्र यादवको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाएको हो ।

Sponsored

वार्षिकोत्वसको उदघाटन गर्दै सञ्चालक समेत रहेका डा. सुरेन्द्र यादवले १३ वर्षदेखि जनकपुर क्षेत्रमा सवास्थ्य उपचार सेवा प्रदान गर्दै आएको जानकी हेल्थकेयरले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए । जानकी हेल्थकेयर निजी हस्पिटल नै भएपनि स्वास्थ्य उपचार सेवामा उत्कृष्ट हुनुको साथै फाइदामूखि नभएर सेवामुखि रहेको डा. यादवको भनाई थियो ।

उनले बिरामीलाई तत्काल पैसा भए वा नभए पनि उपचार पहिलो प्राथमिकता राख्न सम्बन्धित पक्षलाई निर्देशन दिए । ‘निजी अस्पतालले पहिले पैसा लिएरै उपचार गर्ने गर्छ । तर यदि कतिपय बिरामीसंग तत्कालै पैसा छैन, कोहि गरिब छ उ सिरियस अवस्थामा छ भने पैसाकै कारणले उपचार रोकिनु ठीक होइन’ उनले निर्देशन दिँदै भने ‘पैसा अघिपछि हुन्छ । तर तपाईहरु पहिले उपचारमा ध्यान दिनुहोला ।’

वार्षिकोत्सवको अवसरमा केक काटिएको थियो । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका प्रमुख हरिश्चन्द्र यादव डा. रमण मिश्र लगायतले मन्तव्य राखेका थिए भने उदघोषण डा. विरेन्द्र झाले गरेका थिए । उक्त अवसरमा हस्पिटलका चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *