TodayPati

महोत्तरीमा एक मजदुर मृत फेला

टुडेपाटी-
जनकपुरधाम, फागुन २० गते ।

महोत्तरीमा एक मजदुर मृत अवस्थामा फेला परेका छन् ।

रौतहटको बृन्दाबन नगरपालिका–१ घर भई हाल महोत्तरी लोहारपट्टी नगरपालिका –८ मा बस्दै आएका अन्दाजी वर्ष ३५ का रामजोधि पटेल मृत अवस्थामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

Sponsored

मजदुरी गरी बस्दै आएका पटेल राति खाना खाएर सोतेका थिए । तर बिहीबार बिहान ७ बजे ओछ्यानमै मृत फेला परेका हुन् ।

स्थानीयले खबर गरेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी भ्रमरपुराबाट गएको टोलीले शवको मुचुल्का गरी पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।


घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *