TodayPati

कार्यालयको काम सकेर घर जाँदै गरेकी तीनजना महिला सञ्चारकर्मीलाई गोली हानी हत्या

एजेन्सी-

जनकपुरधाम, फागुन १९ गते ।

अफगाानिस्तानमा तीजना महिला संचारकर्मीलाई गोली हानी हत्या भएको छ ।

Sponsored

पूर्वी अफगानिस्तानको जलालाबादमा बन्दुकधारीले हत्या गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

कार्यालयको काम सकेर पैदल घर जाँदै गरेका सञ्चारकर्मीलाई गोली प्रहार गरी हत्या गरिएको एनिकास टीभीका निर्देशक जलमाई लतिफीले जानकारी दिए।

अफगान सरकार र तालिवान समुहबीच युद्ध अन्त्यका लागि निरन्तर वार्ताको प्रयास भइरहेको समयमा बन्दुकधारीले सञ्चारकर्मीको हत्या गरेका हुन्।

Sponsored

घटनास्थललाई सुरक्षाकर्मीले घेरा हाली आक्रमणकारीको खोजी सुरु गरेको छ। अफगानिस्तानमा तालिबान समूह र सरकारबीच स्थायी शान्तिका लागि गत वर्षदेखि निरन्तर वार्ताहरू भइरहेका छन्।

यो आक्रमणले शान्तिवार्ताका लागि तालिबान समूहसँग अमेरिकी पहलमा भइरहेको प्रयासमा समस्या सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसबारे विस्तृत विवरण आउन बाँकी छ।

वार्तामा तालिबान समूहले हतियार छोडी मूल राजनीतिक प्रणालीमा आउन एउटा प्रमुख सर्तका रूपमा विदेशी सेनाले अफगानिस्तान छाड्नुपर्ने अडान राखेको छ।

अन्तर्राष्ट्रिय मध्यस्थतामा सरकार र तालिबान समूहबीच कतारको दोहामा पटक पटक वार्ता भइसकेका छन्।

तालिवानी सरकार, अमेरिकालगायतका विश्व समुदायले तालिबान समूहले हिंसा छोडेको पुष्टि हुने गरी गतिविधि अघि बढाएमा उनीहरूका अधिकांश माग पूरा गर्न सकिने बताएका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *